बैतडीको मेलौली खेलमयः मणिलेक बहुमुखी क्याम्पसमा खेल सप्ताह सुरू

बैतडी : बैतडीको मेलौली खेलमय भएको छ। मणिलेक बहुमुखी क्याम्पसको आयोजनामा आजबाट सञ्चालन भएको खेल सप्ताहले मेलौली खेलमय भएको हो।

खेल सप्ताहको आज उद्घाटन गरिएको क्याम्पसले जनाएको छ। खेल सप्ताहका संयोजक भिमसिंह धामीको अध्यक्षता र क्याम्पस प्रमुख भगिरथ सिंह नेगीको प्रमुख आतिथ्यमा खेल सप्ताहको उद्घाटन गरिएको हो। यसैगरी उद्घाटन समारोहमा पूर्व क्याम्पस प्रमुख लगायतको उपस्थिति रहेको थियो।

खेलकुद सप्ताहमा छात्रछात्रा भलिबल, दौड, रिले दौड, लम्पजम्प, हाईजम्प, सटफुट, ज्याब्लिंग थ्रो र बक्तृत्व कला सञ्चालन हुने क्याम्पस प्रमुख नेगीले बताउनुभयो। बक्तृत्व कलाको शिर्षक स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद राखिएको जानकारी दिनुभयो।

खेलकुद सप्ताहमा क्याम्पसका विद्यार्थीहरु मात्र सहभागि हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.