बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। जिल्लाको पुर्चौडी नगरपालिका वडा नं ७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडबाट बस दुर्घटनामा परेको हो ।
पवनदुत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी दिपक कुमार रायले जानकारी दिनुभयो। “दुर्घटना भएको जानकारी पाएपछि पुर्चौडी र ढोल्यामोडबाट प्रहरीको टोली खटिएको छ, स्थानीयहरुले पनि उद्धारमा सहयोग गरिरहेका छन्, १५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ, हाताहातीको विवरण आएको छैन,” डिएसपी रायले भन्नुभयो।
जन्ती बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किदै गरेको बुझिएको छ। बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। उद्धारमा खटिएका स्थानीयहरुका अनुसार ठुलै हाताहाती भएको छ। पूर्ण विवरण आउन बाँकी रहेको छ।
स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन्।