बैतडीका दुई हजार ४५३ किशोरीलाई एचपीभी खोप लगाइने

बैतडीका दुई हजार चार सयबढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाइने भएको छ। ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान अन्तर्गत यहाँका दुई हजार ४५३ जना किशोरीलाई खोप लगाइने भएको हो।

कक्षा ६ मा अध्ययनरत, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी तथा गवर्ष छुटेका कक्षा ७ देखी १० सम्म अध्ययनरत किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले जानकारी दिनुभयो। पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि यहाँका १० ओटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो।

कक्षा ६ मा अध्ययनरत २३ सय ८६ जना, गत बर्षको अभियानमा छुटेका ६१ जना र विद्यालय बाहिर रहेका १० बर्ष उमेरका ६ जना किशोरी गरेर २४ सय ५३ जनालाई खोप दिइने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

यस अभियानका लागि ३१४ खोप केन्द्र तोकिएको छ। गत वर्षको एचपीभी खोप अभियान अन्तर्गत १० हजार ३१० जनालाई एचपीभी खोप दिइएको थियो।

माघ २७ गतेदेखी फागुन २ गतेसम्म खोप अभियान सञ्चालन हुने भएकाले खोप सुरक्षीत ढुक्क भएर खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो। उहाँका अनुसार खोप अभियानका लागि २५४ जना स्वास्थ्यकर्मी र ३०६ जना स्वास्थ्य स्वयमसेवकहरु परिचालन गरिनेछन्।

Leave A Reply

Your email address will not be published.