रायपुर आधारभूत विद्यालय निङ्लाडको ३२ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

बैतडी : पञ्चेश्वर गाउँपालिका–०४ निङ्लाडमा रहेको रायपुर आधारभूत विद्यालयको ३२ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच ३२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र बहादुर चन्दको सभाध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष बिना भट्टको प्रमुख आथित्यमा कार्यक्रम उद्घाटन गरिएको प्रधानाध्यापक भरत बहादुर चन्दले बताउनुभयो। यसैगरी राष्ट्रिय शिक्षक संगठन बैतडीका जिल्ला अध्यक्ष प्रमानन्द भट्ट र जवलपुर माध्यमिक विद्यालय सैलोडाका प्रधानाध्यापक हजारी दत्त बाग बिशिस्ट अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रधानाध्यापक चन्दले विद्यालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयका विभिन्न गतिविधिहरु सार्वजनिक गर्दै प्रधानाध्यापक चन्दले वार्षिकोत्सब कार्यक्रम सौहार्दपूर्ण वातावरणमा मनाईएको जानकारी दिनुभएको छ। यसैगरी विद्यालयको मुख्य समस्या घेर पर्खाल, सडक सञ्जाल विस्तार र विद्युतीकरणा रहेको सबैलाई जानकारी गराउनुभयो। प्रधानाध्यापक चन्दले विद्यालयमा रहेको आईसिटी ल्याबको निरिक्षण गराउदैं सम्बन्धित निकायलाई विद्यालयका हरेक समस्याबारे गम्भीर बन्न आग्रह गर्नुभयो।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्नुभएको जनाईएको छ।कार्यक्रमलाई शिक्षक धर्मेन्द्र ओड्ले सञ्चालन गर्नुभएको जनाईएको छ।

कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विभिन्न राजनितीक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सघं संस्थाका प्रमुख एवम् प्रतिनिधि, समाजसेवी लगायत स्थानीयहरूको बाक्लो उपस्थिति रहेको थियो।

Leave A Reply

Your email address will not be published.