जवलपुर माध्यमिक विद्यालय सैलोडाको ७९ औँ वार्षिकोत्सव सम्पन्न

बैतडी: जवलपुर माध्यमिक विद्यालय पञ्चेश्वर गाउँपालिका ०४ सैलोडाको ७९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। आज बिभिन्न सांस्कृतिक कार्यक्रमसहित ७९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा तथा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको थियो। विशिष्ट अतिथिहरूमा गाउँपालिका उपाध्यक्ष बिना भट्ट, शिक्षक संघ बैतडीका अध्यक्ष गणेश सिंह भण्डारी, शिक्षक संगठन बैतडीका अध्यक्ष प्रमानन्द भट्ट र चतुर बहादुर चन्द सहभागी थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हजारी दत्त बागले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर अभिवृद्धि, अतिरिक्त क्रियाकलाप र भौतिक पूर्वाधार विकासमा गरेका प्रगति विवरण प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले विभिन्न नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुति मार्फत कार्यक्रमलाई आकर्षक बनाएका थिए।

अभिभावक तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको उक्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ। कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ गर्नुका साथै शैक्षिक विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

Leave A Reply

Your email address will not be published.