बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न, मतगणना भोलिबाट सुरु हुने

बैतडीमा भोलिदेखि मात्रै मतगणना शुरु हुने भएको छ।

जिल्लाभरी शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको र मतगणनास्थलमा सबै ठाउँका मतपेटिका ल्याइसकेपछि मतगणना कार्य शुरु हुने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नरेश दयालले जानकारी दिए।

जिल्लाका २ सय १५ ओटै मतदान केन्द्रबाट मतपेटिका ल्याइसकेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना कार्य शुरु हुने दयालले बताए। जिल्लाभरीका मतपेटिका आज रातभरीमै सदरमुकाम ल्याइसक्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताए।

भोलि बिहान सर्वदलीय बैठक बसेपछि मतगणनाको काम शुरु हुने उनले बताए। जिल्ला अदालतको भवनमै मतगणनास्थल बनाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए।

Leave A Reply

Your email address will not be published.