बैतडीः प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ। प्रारम्भिक मत परिणामअनुसार १८ हजार ४८१ मत गणना हुँदा रास्वपाका उम्मेदवार हरिमोहन भण्डारीले ५,४०१ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले ४,३१६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले ४,७०२ मत ल्याएका छन्। नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार प्रमानन्द भट्टले २,२९५ मत प्राप्त गरेका छन्।
अहिलेसम्म ११६४ मत बदर भएको जानकारी प्राप्त भएको छ।