नेपाली कांग्रेसले बैतडीका महासमिति सदस्य उत्तरबहादुर ऐर र जिल्ला कार्य समिति सदस्य विरेन्द्रबहादुर ऐरलाई कारवाही गरेको छ।
पार्टीको आचरण, अनुशासन र विधान विपरित कांग्रेस उम्मेदवार चतुरबहादुर चन्दविरुद्धको गतिविधिमा संलग्न भई अन्य दलको उम्मेदवारलाई मत मागेको भन्दै उनीहरुलाई कारवाही गरेको कांग्रेस बैतडीले जनाएको छ। कारवाहीमा परेका दुवैजना दाजुभाइ हुन्।
दुवैलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निष्कासित गरिएको कांग्रेस बैतडीका जिल्ला अनुशासन समिति संयोजक देवराज जोशीले जानकारी दिए। उनीहरुले पार्टीविरुद्ध गरेको प्रमाणका रुपमा दुवै जनाको अडियो समेत राखिएको उनले बताए।
