बैतडीमा दोस्रो आर्थिक गणनाका लागि गोठालापानीमा कार्यालय स्थापना

बैतडीमा आर्थिक गणना कार्यालयको स्थापना गरिएकोे छ। दोस्रो आर्थिक गणनाका लागि गोठालापानी बजार नजिकै कार्यालय स्थापना गरिएको हो।

बुधबार कार्यालय स्थापना गरि काम अघि बढाइएको जिल्ला आर्थिक गणना अधिकारी धर्मानन्द गिरीले जानकारी दिनुभयो। कार्यालय स्थापना भैसकेको र यो महिनाभित्र आन्तरिक तयारी पूरा गरिसक्ने उहाँले बतानुभयो।

कर्मचारी छनोट प्रक्रिया पूरा भएपछि गणनाका लागि खटाइने कर्मचारीलाई प्रशिक्षण दिएपछि वैशाख २ गतेदेखि असार ७ गतेसम्म कार्य क्षेत्रमा पठाइने आर्थिक गणना अधिकारी गिरीले जानकारी दिनुभयो। ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ बैशाख २ गतेदेखी दोस्रो आर्थिक गणना सुरु हुँदैछ। यसका लागि बैतडीमा १६ गणक र ३ सुपरिवेक्षक खटिने उहाँले बताउनुभयो।

गणनामा आर्थिक विवरणदेखि उद्योगहरुबाट भएको उत्पादनसम्मको विवरण, नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था संकलन गरिने कार्यालयले जनाएको छ। राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलन गरिने बताइएको छ।

Leave A Reply

Your email address will not be published.