मणिलेक माविकाे अभिभावक भेला चैत्र १८ गते, नयाँ समिति चयन हुँदै

बैतडीको मेलाैली नगरपालिका–०७ काडाँमा रहेको मणिलेक नमुना माध्यमिक विद्यालयमा अभिभावक भेला यही चैत १८ गते बस्ने भएको छ। विद्यालय परिसरमा बिहान ११:३० बजे भेला आयोजना गरिने प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दिनुभयो।

विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका अभिभावकहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। यसअघि चैत ७ गतेका लागि तय गरिएको भेला अभिभावकहरूको न्यून उपस्थितिका कारण स्थगित गरिएको थियो।

भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति चयन गरिने बताइएको छ। साथै सोही दिन विद्यालयस्तरीय वार्षिक परीक्षाको नतिजा पनि सार्वजनिक गरिने विद्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.