मेलौली भगवती मन्दिरमा चैत्रे नवरात्रा सम्पन्न, सयौँ राँगा–बोकाको बलि

बैतडीसहित सुदूरपश्चिमकै प्रसिद्ध मेलौली भगवती माताको मन्दिरमा चैत्रे नवरात्रा सम्पन्न भएका छन्। यही चैत ६ गते घटस्थापनादेखि सुरु भएको नवरात्रा अष्टमीका दिन औपचारिक रूपमा सम्पन्न भएको हो। नवरात्रा अवधिभर दैनिक रूपमा राँगा र बोकाको बलि दिइएको थियो।

मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिंह नायकका अनुसार यस वर्ष नवरात्राभर ११५ वटा राँगा र १३९ वटा बोकाको बलि दिइएको छ। पूजा–आराधना सभ्य, भव्य र मर्यादित ढंगले सम्पन्न गरिएको उहाँले बताउनुभयो।

नवरात्राका अवसरमा सुदूरपश्चिमका विभिन्न जिल्लाका साथै भारतबाट समेत श्रद्धालुहरू मन्दिरमा दर्शनका लागि पुगेका थिए। भक्तजनहरूले भगवती माताको पूजा–आराधना गर्दा मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहेको छ।

Leave A Reply

Your email address will not be published.