लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा हावाहुरीको सम्भावना

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरी चल्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। दिउँसोपछि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हावाहुरीसमेत चल्न सक्ने भएकाले सावधानी अपनाउन माशाखाले आग्रह गरेको छ।

कोशीका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। राति कोशी र गण्डकी प्रदेशको हिमाली भू(भागको एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भोलि पनि केही ठाउँमा वर्षा र हिमपातसँगै सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ।

Leave A Reply

Your email address will not be published.