बैतडीमा सशस्त्र प्रहरीको सक्रियता : हल्दुबिनायकबाट अवैध सामान बरामद

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ हल्दुबिनायक क्षेत्रबाट सशस्त्र प्रहरीले २१ लाख रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५१ गुल्म बैतडीबाट खटिएको टोलीले चेकजाँचका क्रममा १ थान बोलेरो पिकअप र १ थान ट्र्याक्टरमा लोड गरिएको अवैध सामान नियन्त्रणमा लिएको हो। उक्त सामान भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक जंग बहादुर कुँवरले जानकारी दिनुभयो।

बरामद गरिएका दुवै सवारी साधनसहितको किराना सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय झुलाघाटमा बुझाइएको जनाइएको छ। सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।

साथै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउने प्रक्रिया अघि बढाइएको पनि जनाएको छ।

Leave A Reply

Your email address will not be published.