‎बैतडीको मेलौलीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत शर्मा हाजिर

‎बैतडी–बैतडीको मेलौली नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरि प्रसाद शर्मा शुक्रबार  नगरपालिकामा हाजिर भएका हुन् ।
‎

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शर्मालाई मेलौली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रुपमा खटाईएको हो ।‎मन्त्रालयले मेलौली नगरपालिकामा खटाएपछि आफू कार्यालयमा आज हाजिर भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो।
‎
‎मेलौली नगरपालिकामा आज एक औपचारिक कार्यक्रमको आयोजना गरेर प्रमुख प्रशासकीय अधिकृत शर्मालाई स्वागत गरिएको छ ।मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको अध्यक्षतामा भएको स्वागत तथा परिचयात्मक कार्यक्रममा नगरपालिका अन्तर्गत कार्यरत कर्मचारी, विभिन्न वडाका वडा अध्यक्ष, लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
‎
‎जनप्रतिनिधि कर्मचारीहरुको उपस्थितीमा प्रमुख प्रमुख प्रशासकीय अधिकृत शर्माको स्वागत गरिएको हो ।
‎‎नगरपालिकाले आयोजना गरेको परिचयात्मक तथा स्वागत कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शर्माले आफूले कानुनको परिधिभित्र रहेर काम गर्ने बताउनुभयो ।

कानुन अनुसार नागरिकको सेवामा दत्तचित्त भएर काम गर्न उनले कर्मचारीहरुले निर्देशन समेत दिएका छन्।

Leave A Reply

Your email address will not be published.