धनगढीकी एक महिलाको करेन्ट लागेर मृत्यु

धनगढी कैलालीको धनगढीकी एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ बिशालनगर बस्ने ३० वर्षकी नन्दकला विकको बुधवार साँझ करेन्ट लागेर मृत्यु भएको हो। निजलाई आफ्नै घर अगाडी नल्कामा पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएपछि उपचारको लागि मायामेट्रो अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.