बैतडीको डिलाशैनीमा ४८ वर्षीय गणेशदत्त पन्तको शव फेला

बैतडीको डिलाशैनीमा एक जना पुरुष मृत फेला परेका छन्। डिलाशैनी गाउँपालिका–४ मठैराजका ४८ बर्षीय गणेशदत्त पन्त मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए।

बुधबार बिहान घरबाट करीब १ सय मिटर टाढा रहेको बाटोमा पन्त मृत फेला परेका प्रहरीले जनाएको छ। घटनाका बिषयमा अनुसन्धानका लागि धामीगाउँ प्रहरीचौकीबाट प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक बडूले बताए।

Leave A Reply

Your email address will not be published.