बैतडीको मेलौली नगरपालिका–१ दान्तोलीका ३० वर्षीय स्वास्थ्यकर्मी बिरेन्द्र सुनार अहिले अस्पतालको बेडमा जीवनसँग कठिन संघर्ष गरिरहेका छन्। जसले वर्षौंदेखि बिरामीको सेवा गरेर अरूलाई नयाँ जीवन दिने काम गरे, आज उनै स्वास्थ्यकर्मी आफ्नै जीवन बचाउन सहयोगको पर्खाइमा छन्।
हाल बिरेन्द्र सुनार गम्भीर प्रकारको Acute on chronic B/L limb ischemia (90% Artery blockage b/l lower limb) रोगसँग जुधिरहेका छन्। दुवै खुट्टाका नसाहरू ९० प्रतिशतसम्म ब्लक भएपछि अवस्था झन् जटिल बनेको चिकित्सकहरूले बताएका छन्। अहिले उनको दुवै खुट्टामा Angioplasty गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ।
काठमाडौ महानगरपालिकामा कार्यरत रहेका सुनार केही समयदेखि बिरामी परेका थिए। सुरुमा काठमाडौंमा एक महिनासम्म उपचार गरिए पनि स्वास्थ्यमा सुधार आउनुको सट्टा समस्या झन् बढ्दै गयो। त्यसपछि थप उपचारका लागि उनलाई भारतको नयाँ दिल्लीस्थित Yatharth Super Speciality Hospital मा लगिएको छ।
बिरेन्द्रका भाई कबिराज सुनारका अनुसार अहिलेसम्म उपचारमै करिब ८ देखि १० लाख रुपैयाँ खर्च भइसकेको छ। तर चिकित्सकहरूले अझै २ देखि ३ महिना लामो उपचार आवश्यक पर्ने बताएका छन्। आगामी उपचार र Angioplasty प्रक्रियाका लागि थप १४/१५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च धान्न निकै कठिन भएको छ। भएको सम्पत्ति सकिएको, आफन्तसँग ऋणसमेत गरेर उपचार गराइएको परिवार बताउँछ। अब थप उपचार सम्भव नदेखिएपछि परिवारले सबै सहयोगी मनहरूलाई सहयोगका लागि भावुक अपिल गरेको छ।
अभियान्ता अर्जुन दयालले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरिएको जानकारी दिएका छन्। देश तथा विदेशमा रहेका नेपालीहरूलाई अभियानमा जोडिन र सकेको सहयोग गर्न आग्रह गरिएको छ।
“हिजोसम्म अरूका पीडा कम गराउने मान्छे, आज आफ्नै पीडासँग हार नमान्दै अस्पतालको बेडमा छट्पटाइरहेका छन्,” परिवारको पीडा सुन्दा धेरैका आँखा रसाउँछन्। जीवन बचाउने पेशामा रहेका एक युवा स्वास्थ्यकर्मी आज आफ्नै जीवन बचाउन संघर्षरत छन्।
मानवताको नाताले सहयोगको सानो हात पनि बिरेन्द्रका लागि ठूलो आशा बन्न सक्छ।
सहयोग गर्न चाहने माहानभावहरुले तल दिएका क्यूआरमा गरिदिनु होला।
