मेलौली नगरपालिकामा दिवा खाजा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

बैतडी। बैतडीको मेलौली नगरपालिकामा स्थानीय उत्पादनमा आधारित पौष्टिक दिवा खाजा तयारी, खाद्य सामग्रीको भण्डारण तथा रेखदेख सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको हो ।

मेलौली नगरपालिकाको सभा हलमा सञ्चालन गरिएको उक्त तालिम मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद शर्माको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा दिवा खाजा तयार गर्ने कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालयमा विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजालाई थप पौष्टिक, स्वच्छ तथा स्थानीय उत्पादनमा आधारित बनाउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ। तालिममा खाद्य सामग्रीको सुरक्षित भण्डारण, सरसफाइ, पोषणयुक्त खाना तयारी तथा खाद्य वस्तुको उचित रेखदेखका विषयमा सहजीकरण गरिएको थियो।

कार्यक्रम मेलौली नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको हो भने विश्व खाद्य कार्यक्रम (WFP) ले प्राविधिक सहयोग तथा सहजिकरण गरेको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मुनु कुमारी क्षेत्रीले बताउनुभयो

। तालिमबाट विद्यालयमा दिवा खाजा व्यवस्थापन अझ प्रभावकारी, सुरक्षित र गुणस्तरीय बन्ने विश्वास लिइएको सहभागीहरूले बताएका छन्।

Leave A Reply

Your email address will not be published.