बैतडीसहित सुदूरपश्चिमका किसान मकै छर्न व्यस्त

बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका किसानहरु मकै छर्ने कार्यमा व्यस्त रहेका छन्। यो बर्ष समयमै बर्षा भएका कारण किसानहरु मकै छर्ने कार्यमा रहेका छन्।

खास गरेर जेठ दोश्रो सातादेखि मकै छर्ने कार्यमा किसानहरु बढी व्यस्त हुने गरेका छन्। यद्यपि पहाडी क्षेत्रहरुमा वैशाख अन्तिम सातादेखि नै मकै छर्ने कार्य शुरु गर्ने गरिएको छ। मकै छर्ने कार्यमा किसानहरु व्यस्त भएपछि हलगोरु जोत्दै उनीहरुको दैनिक बित्न थालेको छ।

मध्यपहाडी क्षेत्रहरुमा मकैलाई मुख्य खाद्यबालीको रुपमा लिने गरिन्छ। मकैसँगै किसानहरुले भटमास, मास,गहत लगायतका दालबाली समेत छर्ने गरेको किसानहरुले बताएका छन्।

पछिल्लो समयमा हल गोरुको सट्टा हाते ट्याक्टरले मकै छर्ने किसानहरुको संख्या समेत बढ्दै गएको छ। आधुनिक कृषि उपकरणहरुमा किसानहरुको पहुँच बढेसँगै हाते ट्याक्टरले मकै छर्ने किसानहरुको संख्या बढ्दै गएको छ।

पहाडी क्षेत्रको मुख्य खाद्यबाली मकै भएकाले किसानहरुले मकै खेतीमा निकै ध्यान दिने गरेका छन्। बैतडीलाई मकैको पकेट क्षेत्र समेत मानिएको छ ।

नेपालमा खेती गरिने प्रमुख बालीमध्ये मकै दोस्रो स्थानमा पर्दछ। बैतडीमा साढे १० हजार हेक्टर जमीनमा मकै खेती गरिँदै आएको छ। कतिपय ठाउँमा मकैबालीमा वन्यजन्तुहरुले क्षति पुर्याउने भएकाले किसानहरु अहिलेदेखि चिन्तित बन्न थालेका छन्।

Leave A Reply

Your email address will not be published.