डडेल्धुराकाे परशुरामका गाउँ-गाउमा कानुनी सचेतना

डडेल्धुराकाे परशुराम नगरपालिकाले गाउँ-गाउँमा द्वन्द रुपान्तरण, घरेलु हिंसा न्युनिकरण र मानव अधिकार सम्बन्धि कानुनी सचेतनालाई तिब्रता दिइ रहेकाे छ।

परशुराम नगरपालिकाकाे चालु आर्थिक बर्ष २०८२/०८३ काे स्वीकृत कार्यक्रम अन्तरगत नगरपालिकाका गाउँ-गाउँमा कानुनी सचेतना दिन लागिएको न्यायीक समिति संयोजक तथा नगर उप-प्रमुख बिमला कुमारी बाेहरा (महता)ले जानकारी दिनुभयाे।

कानुन नजानेर ,प्रकृया र बाटाे नपाएर गाउँ बस्तीका साना-साना घटना,दुर्घटना ,झैँ झगडाहरुले ठुलाे रुप लिई प्रहरी प्रशासन वा अदालत राेज्नु पर्दा द्वन्द बढ्ने गरेकाेले हामीले आर्थिक बर्ष २०८२/०८३ काे नीति तथा कार्यक्रममा कानुनी सचेतना पास गरि वजेट बिनियाेजन गरि कार्यक्रम सञ्चालन गरिएको उहाले वताउनुभयाे।

फौजदारी र देवानी मुद्दा मुद्दा द्वन्द सृजना हुने कारण, न्यनीकरण र मानव अधिकारका बिषयम गाउँ-गाउँ पुगेर अधिबक्ता तथा मुख्य प्रशिक्षक दमन महताले नागरिकलाई प्रशिक्षण दिई रहुनु भएको छ।

परशुराम नगरपालिकाकाे वडा.न.१ बाट सुरु भएको कानुनी सचेतना कार्यक्रम परशुराम १२ , जाेगुबडा सम्म सम्पन्न भएको कार्यक्रम सहजकर्ता तथा वडा.न. ४ का वडा सचिव हर्क बहादुर बाेहराले जानकारी दिए।

मुख्य तया १२ वटै वडामा गठित न्यायीक समितिका पदाधिकारी, प्रतिनिधित्व हुने गरि, आमा , महिला समूह, समाजका प्रतिष्ठित ब्यक्ति तथा नागरिकहरुलाइ कानुनी सचेतना र हुन सक्ने द्वन्द न्युनिकरण बारे सचेतना दिइएकाे प्रशिक्षक तथा अधिबक्ता दमन महताले बताउनुभयाे।

उहाँका अनुसार हामी अझैँ पनि इगाे रिस साट्ने परिपाटीमा छौँ , जस्ले गर्दा पिडित र पिडक मार्कामा छौँ अझै गहिराे संग जनमानसले बुझेकाे छैन।

समझदारी मात्रै अर्थात एकथरीले थाेरै कमजाेर बनिदिए घटना सुरु नै हुन्न मानिसलाई धार्मिक ,आध्याात्मिक रुपमा उहाहरुकाे हृदय छुने गरि मानव चाेलाका बारेमा जानकारी गराइ राजनीतिक र धार्मिक इतिहास समेतकाे सचेतता दिन सके कानुनि ज्ञान दिन सके हाम्राे समाज समृद्धिकाे बाटाेमा जाने उहाको तर्क थियाे ।

११ वडामा कार्यक्रम सम्पन्न हुदा उहीँ,समाज ,उहीँ समुदाय एउटै समस्या मात्रै देखिन्छ यस्का लागि समय लाग्छ, परिवर्तन हुने उहाले वताए।

हिजाे भन्दा आज चेतना धेरै बढेकाे छ, हिजाे देबी देउता धाउने बिस्वास गर्ने समाज अहिले मेलमिलाप, छलफल, न्यायीक निकायमा पुगि रहेकाे अधिवक्ता महताकाे भनाइ छ ।

याे कार्यक्रम बर्षमा १ पटक गरेर पुर्णता हाेइन ,समाजका महत्व राख्ने ब्यक्तिले हरेक ठाउँमा कानुनी सचेतना, मानव अधिकार र द्वन्द न्युनिकरण घरेलु हिंसा घटाउने बहस र छलफल मात्रै चलाइ दिदा धेरै परिवर्तन हुन्छ, उनले थपे।

Leave A Reply

Your email address will not be published.