बैतडीमा तीन केन्द्रबाट एसईई पूरक परीक्षा सञ्चालन गरिने

बैतडी: आगामी असार १ गतेदेखि सञ्चालन हुने एसईई पूरक परीक्षाका लागि बैतडीमा तीनओटा केन्द्र निर्धारण गरिएका छन्। माध्यमिक शिक्षा परीक्षा समन्वय समितिले एसईई पूरक परीक्षाका लागि तीनओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख पुष्करराज शर्माले बताए।

विरेन्द्र मावि शाहीलेक, कृष्ण मावि पाटन र मणिलेक मावि काँडा मेलौलीमा ग्रेडवृद्धि परीक्षाका लागि केन्द्र निर्धारण गरिएको शर्माले बताए। विरेन्द्र माविमा ५०, कृष्ण माविमा ५० र मणिलेक माविमा ३३ विद्यालयका परीक्षार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ।

असार १ देखि ९ गतेसम्म सञ्चालन हुने एसईई ग्रेडवृद्धि परीक्षामा ९ सय ६५ छात्रा र ८ सय ४ छात्र गरी १७ सय ६९ परीक्षार्थी सहभागी हुने बताइएको छ।

गत चैतमा सञ्चालन भएको एसईई परीक्षामा बैतडीबाट ५१ दशमलव ३९ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए। परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरु पूरक परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शर्माले बताए।

1-1780713021.jpg

2-1780713006.jpg

3-1780712990.jpg

Leave A Reply

Your email address will not be published.