बैतडी क्रिकेट संघमा नयाँ नेतृत्व, अध्यक्षमा जोशी सर्वसम्मत

बैतडी जिल्ला क्रिकेट संघको अध्यक्षमा लोकराज जोशी चयन भएका छन्। संघको आज सम्पन्न भएको दशौं बार्षिक साधारण सभाले जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

उक्त समितिको उपाध्यक्षमा सिद्धराज बोकटी, सचिवमा श्यामबहादुर चन्द र कोषाध्यक्षमा गणेशबहादुर चन्द चयन भएका छन्। यस्तै सदस्यहरुमा द्रोपती कुँवर बोहरा, बिरसिंह बोहरा,तर्कराज जोशी, महेशराज भट्ट, सुरत पार्की, धर्मेन्द्र चन्द, विरेन्द्र भण्डारी, विनोद चन्द, दिपेन्द्रसिंह भण्डारी, उत्तमबहादुर चन्द र विरेन्द्रबहादुर चन्द चयन भएका छन्।

Leave A Reply

Your email address will not be published.