राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय स्तरसम्म पुगेका खेलाडी सुरज कार्की सम्मानित

बैतडी-हिरापुर माध्यमिक विद्यालय, शिवनाथ–६, बैतडीले विद्यालयका विद्यार्थी तथा ३००० मिटर दौडका राष्ट्रिय खेलाडी सुरज सिंह कार्कीलाई सम्मान गरेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरसम्म पुग्न सफल भएका कार्कीले उत्कृष्ट प्रदर्शनमार्फत विद्यालय, समुदाय तथा जिल्लाको गौरव बढाएको भन्दै विद्यालयले प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको खेल शिक्षक अशोक बहादुर चन्दले बताउनुभयो।

विद्यालयले जारी गरेको प्रशंसा–पत्रमा कार्कीको अनुशासन, निरन्तर मेहनत, समर्पण र खेलभावनाले अन्य विद्यार्थीहरूलाई समेत प्रेरणा दिएको उल्लेख गरिएको छ। खेलकुद क्षेत्रमा विद्यालयको प्रतिष्ठा उच्च बनाउन उनले पुर्‍याएको योगदानको कदर गर्दै उज्ज्वल भविष्यको शुभकामनासहित सम्मान गरिएको प्रधानाध्यापक करण बहादुर चन्दले जानकारी दिनुभयो।

विद्यालय परिवारले आगामी दिनमा पनि कार्कीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्दै देश र जिल्लाको नाम अझ उच्च बनाउने विश्वास व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.