कपडा बैंक साहिलेक बैतडीद्वारा कमलपुर माविलाई शैक्षिक सामग्री वितरण

बैतडी-सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आउनुभएका कपडा बैंक साहिलेक, बैतडीका सञ्चालक तथा सामाजिक अभियन्ता महेश दत्त भट्टले कमलपुर माध्यमिक विद्यालय,मेलौली–८,कोटीगाउँमा अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्री सहयोग गर्नुभएको छ।

विद्यालयका बालबालिकाहरूको शैक्षिक आवश्यकतालाई मध्यनजर गर्दै १०२ थान कापी र २४ थान झोला प्रदान गरेको भट्टले बताउनुभयो। उहाँले सञ्चालन गर्दै आउनुभएको “हुनेले दिने, नहुनेले लैजाने” अभियानमार्फत समाजका विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई सहयोग पुर्‍याउँदै आउनुभएको छ।

विद्यालय परिवारले भट्टको यस सहयोगलाई विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदानका रूपमा लिँदै हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

विद्यालयका अनुसार यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह जागृत हुनुका साथै समाजमा सहयोग र मानवीय सेवाको भावना विकास गर्न प्रेरणा मिल्ने विश्वास लिइएको प्रधानाध्यापक मन्धिर राम मुहारले बताउनुभयो।

विद्यालयले सामाजिक अभियन्ता भट्टप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोग, सद्भाव र सामाजिक सेवाको निरन्तरताको अपेक्षा गरेको जनाएको छ।
विद्यालय परिवारले उहाँको सहयोगी भावना, समाजप्रतिको उत्तरदायित्व र मानवीय सेवाप्रति उच्च सम्मान समेत व्यक्त गरेको छ।

Leave A Reply

Your email address will not be published.