गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा राजेन्द्र ओड सहित ८ जना सर्जक सम्मानित हुँदै

बैतडी-‘गुगुल्डि’ साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिक उत्सवका अवसरमा विभिन्न विधाका ८ जना सर्जकहरूलाई सम्मानित गरिने भएको छ।आगामी असार २४ गते कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने विशेष समारोहका बीच उनीहरूलाई सम्मान गरिने भएको हो।
गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाका अनुसार यस वर्ष प्रतिष्ठानले साहित्यिक पत्रकारिता, भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने देश तथा विदेशका विभिन्न स्रष्टाहरूलाई छनोट गरेको छ।
सम्मानित हुने सर्जकहरूको नामावलीः
१. द्रोपती–विश्राम गुगुल्डि वाङमय सम्मान २०८२ः श्री चेतनाथ धमला (खोटाङ/काठमाडौँ) – कौशीकीका सम्पादक, साहित्यिक पत्रकार संघका महासचिव एवं पूर्व प्राज्ञा।

२. ग्वाल्लेक गौरव (लच्छुडुणि चन्द स्मृति) सम्मान २०८२ः श्री राजेन्द्र ओड (मेलौली–२, कपर्त, बैतडी)।

३. मनोहरी–वसन्ती–गजाधर स्मृति सम्मान २०८२ः श्री प्रजापति नेगी (भीमदत्त नगरपालिका–१५, गोवरैय्या, महेन्द्रनगर)।

४. कौशल्या कु देवी कर्णबहादुर स्मृति सम्मान २०८२ः श्री दिनानाथ वराल (पुनर्वास, कञ्चनपुर)।

५. डम्मरदत्त शर्मा स्मृति सम्मान २०८२ः श्री गङ्गाप्रसाद रिजाल (बेलौरी, कञ्चनपुर)।

 

६. दिलानन्द–देवकी डोटी रत्न पुरस्कार २०८२ः श्री महेन्द्र ठकुराठी (अल्मोडा – कुमाउँनी साहित्यिक पत्रिका ‘पहूरु’ का सम्पादक)।

 

७. माल महिम राम–रत्ना सम्मान २०८२ः श्री चाँदनी भट्ट (दार्चुला – युवा साहित्यकार)।

 

८. गुगुल्डी न्वाःकी मानमान (सम्मान) २०८२ः श्री हिरा जोशी भट्ट (गोवरिया, महेन्द्रनगर)।

 

प्रतिष्ठानका सचिव ओझाले आगामी असार २४ गते महेन्द्रनगरमा आयोजना हुने वार्षिक उत्सवको भव्य समारोहमा उपस्थित भई आफ्नो सम्मान ग्रहण गरिदिनका लागि सम्बन्धित सम्पूर्ण सम्मानित सर्जक तथा स्रष्टाहरूलाई हार्दिक अनुरोध समेत गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.