डडेल्धुरा-डडेल्धुरामा चरेशसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको परशुराम नगरपालिका–७ सादनी सिद्धनाथ टोल स्थित सोही ठाउँ बस्ने ४७ बस्ने जयबहादुर बोहरा चरेशसहित पक्राउ परेका हुन्। बोहराले सञ्चालन गरेको आशिस खुद्रा पसलबाट २० ग्राम लागूऔषध चरेशसहित उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।
लागूऔषध बिक्रि बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा काउन्टरको ¥याकमा लुकाइ छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी निजलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।