बैतडीको गैराखानम यात्रुवाहक बस दुर्घटनाः दुई जनाको अवस्था गम्भीर

बैतडीः बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ।

धनगढीबाट बैतडी जाँदै गरेको सुदूरपशिम प्रदेश ०१ ००१ ख ३९६३ नम्बरको बस शुक्रवार दिउँसो साढे ३ बजे बैतडी पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बसमा सवार १७ जनाको उद्दार गरी पाटन स्वास्थ्य चौकी, खोड्पे स्वास्थ्य चौकी र डडेल्धुरा अस्पताल लगिएकोे छ, भने २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् प्रहरी निरिक्षक भुवन तिमिल्सेनाले बताएका छन्।

बस सडकबाट १०० मिटर तल खसेको प्रवक्ता तिमिल्सेनाले बताएका छन्।

Leave A Reply

Your email address will not be published.