हिरा चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ सार्वजनिक

बैतडी–बैतडीको शिवनाथ गाउँपालिका–५ मा जन्मिएका गायक हिरा चन्दको नयाँ देउडा गीत ‘ढल्की जान्छ जोवन’ सार्वजनिक भएको छ। लामो अन्तरालपछि उनी नयाँ सांगीतिक कोशेली लिएर दर्शक–श्रोतामाझ फर्किएका हुन्।

गीतमा हिरा चन्द र कल्पना दुवाडीको स्वर रहेको छ भने शब्द तथा संगीत हिरा चन्दकै रहेको छ। नारायण दंगालले संगीत संयोजन, गोपाल दयालले रेकर्डिङ तथा मनोज परियारले मिक्सिङ तथा मास्टरिङ गरेका छन्।

गीतको भिडियोमा प्रकाश सोनी, अनिता खड्का र हिरा चन्दको अभिनय रहेको छ। भिडियोको निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने छायांकन डेनिश खनालको रहेको छ। सम्पादन तथा रङ संयोजन रोशन धितालले गरेका हुन्।

मौलिक देउडा संस्कृति, प्रेम र सुदूरपश्चिमको ग्रामीण जीवनशैलीलाई समेटिएको यो गीत सार्वजनिक भएसँगै दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको गायक हिरा चन्दले बताएका छन ।

गित सुन्न यहाँ CLICK गर्नुहोस्

Leave A Reply

Your email address will not be published.