बैतडीका प्रजिअ डा.डिजन भट्टराईको बिदाइ

बैतडी-बैतडीका प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईलाई बिदाइ गरिएको छ। जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदा उहाँले शान्ति सुरक्षा, प्रशासनिक सेवा प्रवाह तथा जिल्लास्थित विभिन्न सरकारी निकायबीच समन्वयमा भूमिका निर्वाह गर्नुभएको बताईएको छ ।

विदाइ कार्यक्रममा सहभागीहरूले डा.भट्टराईको कार्यकालको प्रशंसा गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए।उहाँको कार्यकालमा जिल्लाको प्रशासनिक कामकारबाहीलाई प्रभावकारी बनाउन तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउन पहल भएको सहभागीहरूले बताएका थिए।

गृह मन्त्रालयको पछिल्लो निर्णयअनुसार डा.भट्टराईलाई संखुवासभाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। बैतडीमा उहाँको स्थानमा उपसचिव मिना अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

Leave A Reply

Your email address will not be published.