बैतडी-हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै बैतडीमा हस्ताक्षर अभियान सुरु गरिएको छ।
शाही युवा शक्ति नेपालको देशव्यापी कार्यक्रमअनुसार बैतडीमा पनि अभियान सञ्चालन गरिएको अभियानका जिल्ला संयोजक भुवनबहादुर चन्दले जानकारी दिनुभयो। नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने र राजसंस्था पुनर्स्थापना हुनुपर्ने आफूहरूको माग रहेको उहाँले बताउनुभयो।
बैतडी सदरमुकामको गोठलापानी बजारबाट सुरु गरिएको हस्ताक्षर अभियान जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरी संकलित हस्ताक्षर केन्द्रमा पठाउने तयारी रहेको चन्दले बताउनुभयो।
नेपालमा अधिकांश नागरिक हिन्दू धर्मावलम्बी रहेकाले हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने उहाँको भनाइ छ। राजसंस्था पुनर्स्थापना भएमा मात्रै देशको विकास र स्थायित्व सम्भव हुने दाबी गर्दै आफूहरू अभियानमा सहभागी भएको उनले बताउनुभयो।