बैतडीको खोड्पेमा अनुगमन, म्याद गुज्रेका सामग्री नष्ट

बैतडी-बैतडीको खोड्पे बजारमा मंगलबार आकस्मिक बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजलाल थारुले जानकारी दिए ।

चाडपर्वका बेला हुन सक्ने कालोबजारी तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्न प्रशासनले नियमित बजार अनुगमन गर्ने निर्णयअनुसार अनुगमन गरिएको उहाँले बताए।

अनुगमनका क्रममा सम्बन्धित निकायमा दर्ता नभएका पसललाई दर्ता गर्न र नवीकरण नगरेका पसललाई नवीकरण गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी थारुले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.