कैलाली-बैतडीको मेलौली नगरपालिका–५ घर भई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दार राजेश पन्त २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले पन्तलाई कार्यसम्पादन, अनुशासन तथा आचरणका साथै जिल्लामा घटेका अपराधका तथ्याङ्क विश्लेषण गरी कार्ययोजना निर्माणमा उत्कृष्ट काम गरेको आधारमा असोज महिनाको उत्कृष्ट प्रहरी ९द्यभकत एयष्अिभ या तजभ ःयलतज० का रूपमा सम्मान गरेका हुन्।
कार्तिक १७ गते आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक चन्दले पन्तलाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गरेका हुन्।
मेलौली नगरपालिका–५ का पन्त उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएपछि उनको गृहपालिका तथा स्थानीय क्षेत्रमा खुसी व्यक्त गरिएको छ।