काठमाण्डौ – गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको छ ।
यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने गरेकामा आज गृहमन्त्री गुरुङले नै लगाइदिनुभएको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (आईजीपी) केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई आईजीपी बनाएको हो ।