मेलौलीमा जीप दुर्घटनमा एक जनाको मृत्यु, छ घाइते

बैतडी-बैतडीको मेलौली नगरपालिका–१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने छ जना घाइते भएका छन्।

बुधबार राति करिब ८ बजे डडेल्धुरा सदरमुकामबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेर दुर्घटना भएको हो।

जिप चालक बैतडीको पञ्चेश्वर गाउँपालिका–२ महाकालीका ३६ वर्षीय सन्तोष राम लुहारले चलाएको उक्त जिपमा सवार सात जना घाइते भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक सुरज सिंहले जानकारी दिए ।

जीपमा सवार पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको प्रहरी निरिक्षक सिंहले जानकारी दिए ।यस्तै, २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल र २४ वर्षीय करण सिंह मंगोलाको अवस्था मध्यम रहेको छ।

त्यसैगरी २२ वर्षीय सुनिल बस्केल र जिप चालक सन्तोष राम लुहारको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ। दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तश्वदेही मेलौली बाट प्रहरी नायब निरीक्षक दीपेन्द्र चन्दको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.