प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखद्वारा सेरा क्षेत्रको अनुगमन

बैतडी – बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्याल सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले सेरा क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।

आज प्रहरी चौकी सेरा, नेपाल–भारत सीमा क्षेत्रमा पर्ने महाकाली नदी तथा अपि हिमाल क्षेत्रबाट बग्दै आउने चमेलिया र चौलानी नदीको संगमस्थल सहित आसपासका क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताईन् ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी मीना अर्याल, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपक कुमार राय र सशस्त्र प्रहरी नायब उपरीक्षक धर्मेन्द्र बमलगायत सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.