बलिउड महानायक अमिताभ बच्चनलाई फेरि कोरोना सक्रमण

मेलौली न्यूज
भाद्र ०८ बुधबार,२०७९

बलिउड महानायक अमिताभ बच्चन फेरि एकपटक कोरोना संक्रमित भएका छन् । अमिताभले आफैंले ट्वीटर मार्फत आफूलाई कोरोना भएको जानकारी दिएका हुन् । यसका साथै उनले आफू नजिकका मानिसहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

अमिताभले अबेर राति ट्वीट गर्दै लेखेका छन्, ‘म भर्खर कोभिड पोजिटिभ भएको छु । मेरो साथमा वा नजिक भएका व्यक्तिहरू, कृपया आफैंलाई जाँच गर्नुहोस् ।’

उनको ट्विट बाहिर आउने बित्तिकै फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै कमेन्ट गरिरहेका छन् । यस अघि २०२० जुलाइमा कोरोना संक्रमण भएका अमिताभ अहिले दोस्रो पटक कोरोना संक्रमित भएका हुन् ।

अमिताभले भ्याक्सिनको पहिलो डोज अप्रिल २०२१ मा र दोस्रो डोज २०२१ मे मा लिएका थिए । उनले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट खोपको तस्वीर पनि सेयर गरेका छन् ।

Leave A Reply

Your email address will not be published.