भदौ १६, बिहिबार २०७९
काठमाडौँ- पाँच दलीय सत्तागठबन्धनको बैठकमा आउँदो ४ मङ्सिर मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटका विषयमा गहन छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीर रूपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए । साथै बैठक बिहिबार बिहान ११ बजे पुनः बस्ने सहमति भएको उनले बताए ।
यसअघि बैठकमा नेपाली काँग्रेसले एक सय, नेकपा (माओवादी केन्द्र)ले ६०, (माओवादी केन्द्र)ले ६०, नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।
नेताहरूले आ-आफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक–पटक निष्कर्षविहीन बन्दै आएको छ।