मेलौली न्यूज
भाद्र २५ शनिबार,२०७९
देउडा गित“रङ्गी रुमाल” यतिबेला चर्चामा रहेको छ । चर्चित गायिका रेखा जोशी र गायक शेरी औजीको स्वरमा सार्बजनिक भएको “रङ्गी रुमाल” सबैको मनमा बस्न सफल भएको छ।
भिडियो सहित गित बजारमा आएपछि यतिबेला गायक औजिको चारैतिर चर्चा भईरहेको छ। एकपछि अर्को गित बजारमा ल्याउदै गरेका औजिले रङ्गी रुमाल बजारमा ल्याएपछि सबैले गितलाई खुबै मन पराएका छन ।
सम्झना म्यूजिक फिल्मसको आधिकारिक युट्युब च्यानलबाट गत विहिवार सार्वजनिक गरिएको थियो । जसमा शब्द रमेश सम्झना मायालु र भानुभक्त जोशीको रहेको छ भने लय रमेश सम्झना मायालुको रहेको छ । गीतलाई दिपक संगम बिसीले एरेन्ज गरेको छ ।
रंगी रुमाल, टल्की रन्या, झल्की रन्या अपी हिमाल जस्ता शब्द समावेश भएको उक्त गीत मालाश्री स्टुडियोमा रेकर्ड गरिएको छ । विनोद भण्डारी र सुवाश विष्टले छायांकन गरेको उक्त गीतमा सम्पादन तथा निर्देशन थापा कमल विवेकको रहेको छ ।
रमेश सम्झना मायालु र मिना बोहराले अभिनय गरेको उक्त गीत यतिबेला अत्यधिक रुचाइएको छ ।