बैतडीको तल्लो स्वराडमा स्क्रब टाइफसका बिरामी बढ्दै

दिपक राज दिर्घायु
असोज ०४ मंगलबार,२०७९

बैतडी–जिल्लाको तल्लो स्वराडमा स्क्रब टाइफसका बिरामीको सख्या दिन प्रतिदिन बढ्दै गएको छ। तल्लो स्वाराड क्षेत्रका तिन पालिका मेलौली नगरपालीका, शिबनाथ गाउपालीका र पञ्चेश्वर गाउपालीकामा स्क्रब टाइफसका बिरामीको सख्या बढ्दै गएको हो ।

गएको श्रावण २६ गते यता यो समाचार तयार पार्दासम्म मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १० जनामा स्क्रब टाइफसको सक्रमण देखिएको केशरपुर प्र्राथमिक केन्द्रका ल्याब टेक्निसियन दिपक सिह बिष्टले बताए ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामीहरुमा भाईरल ज्वरो र स्क्रब टाइफसको संक्रमण देखिने गरेको स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक मुकेश कान्त दयालले बताए ।

उपचारका लागि अस्पताल आउनेमा मात्र नभई गाउघरमा परीक्षण नगराएका व्यक्तिहरुमा समेत स्क्रब टाइफसको संक्रमण हुन सक्ने उनले बताए ।

माइट नामक किर्ना र भुसुनाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सावधानी अपनाउन उनले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.