स्वर्गिय साउदको कृया खर्चका लागि संकलित रकम हस्तान्तरण

मेलौली न्यूज
मंसिर २८ बुधबार,२०७९

बैतडी–शिबनाथ गाउपालीका–०१ भल्या निबासि शारिरिक रुपमा अपाङ्ग स्वर्गिय दशरथ साउदको कृया खर्चका लागि संकलित रकम हस्तान्तरण गरिएको छ । स्वर्गिय साउदका आमालाई बुधबार सामुदायिक रेडियो मेलौलीको कार्यालयमा बोलाएर हस्तातरण गरिएको अभियान्ता दिपक राज दिर्घायुले बताए ।

भारत र नेपालमा सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत ६७ हजार ५ सय रुपैंया रेडियो मेलौलीका स्टेशन म्यानेजर लक्ष्मण बिसिद्धारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।

मृतक साउदको कार्तिक २२ गते २१ बर्षको उमेरमा निधन भएको थियो । शारिरिक रुपमा पुरै आपाङ्ग साउद सामुदायिक रेडियो मेलौलीको लोकप्रिर्य डोटेली कार्यक्रम गौैण्याभेटमा उत्कृष्ट देउडा सर्जक थिए। साउदको २१ बर्षको अल्पायूमै भएको निधनले रेडियो कार्यक्रम गौण्याभेटका सबै स्रोताले उनको कृया खर्च र घर खर्चको लागि आर्थिक सहयोग अभियान सञ्चालन गरेका थिए । जुन अभियानको प्रतिनिधित्व सञ्चारक्रमि दिपक राज दिर्घायुले गरेका थिए ।

आफ्नो छोरा यो संसारमा नरहे पनि छोरा प्रतिको माया देखाउनु हुने सबै सहयोगिहरुलाई स्वर्गिय साउदका आमाले धन्यबाद ज्ञापन गर्नुभयो।

Leave A Reply

Your email address will not be published.