तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि विजेता मेलौलीका खेलाडी र प्रशिक्षकलाई सम्मान

मंसिर २८,२०७९
बैतडी बैतडीमा सञ्चालन भएको तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि विजेता मेलौली नगरपालिकाका खेलाडी प्रशिक्षक र जनप्रतिनिधीलाइ सम्मान गरिएको छ। बुधबार तरुण दल बैतडीका जिल्ला उपाध्यक्ष महेशदत्त भट्टले भलिवल खेलाडी , खेलप्रशिक्षक , टिम व्यवस्थापक र नगरप्रमुख भीमबहादुर चन्दलाई सम्मान गरेका हुन ।
दशरथचन्द खेलमैदान सुन्दर खालीमा आज भएको फाइनल खेलमा दनपालाई पाखा लगाउँदै मेलौलीले उपाधि जितेको हो ।
उपाधि जितेसंगै मेलौलीले १ लाख २५ हजार नगद र ट्रफी हात पारेको छ ।यस्तै दशरथचन्द नगरपालिकाले उपविजेतामा चित्त बुझाएको छ । उसले नगद ७५ हजार सहित ट्रफी हात पारेको छ ।

Leave A Reply

Your email address will not be published.