भरतपुर माबिको बिद्यालय ब्यवस्थापन समिति गठन, अध्यक्षमा चन्द

दिपक राज दिर्घायु
मंसिर २८ बुधबार,२०७९

बैतडी–मेलौली नगरपालीका–०७ गाउँकोटमा रहेको भरतपुर माध्यमिक बिद्यालयको नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ । बुधबार अभिभावक भेलाको आयोजनामा राज बहादुर चन्दको अध्यक्षतामा नयाँ बिद्यालय ब्यवस्थापन समिति गठन गरिएको बिद्यालयका लेखापाल लोकेन्द्र बहादुर चन्दले बताए ।

समितिको सदस्यमा तारा चन्द, धनबिर राम पार्की, बिरेन्द्र ओझा, सुनिता आउजि, सिता आउजी, पदेन सदस्य वडा अध्यक्ष रामचन्द्र भट्ट, शिक्षक प्रतिनिधि सदस्य परि दत्त ओझा र सदस्य सचिबमा बिद्यालयका प्रधानाध्यापक राज बहादुर चन्दलाई चयन गरिएको स्थानीय बिरेन्द्र बहादुर चन्दले बताए ।

नया बिद्यायल ब्यवस्थापन समिति गठन गरिए सगै बिद्यालयको चौतर्फि बिकासमा टेवा पुुग्ने र शैक्षिक गुणस्तर अझ बलियो हुनेमा सम्पूर्ण अभिभावक आशाबादी रहेका छन ।

Leave A Reply

Your email address will not be published.