मन्त्रालयको परिपत्र कार्यान्वयन गर्न मेलौली १का वडा अध्यक्षसहित स्थानीयको माग

पुस ४, २०७९
बैतडी -बैतडीको मेलौली नगरपालिका १ का जनप्रतिनिधिसहित स्थानीयहरुले स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्र कार्यान्वयन गर्न आग्रह गरेका छन् । १५ शैयाको अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले जारी गरेको परिपत्र कार्यान्यवन गर्न आग्रह गरेका हुन् ।

मेलौली नगरपालिका १ को बिठ्ठेनामा निर्माण गर्न भनिएको परिपत्र कार्यान्वयन गर्न वडा नं १ का वडा अध्यक्ष शरद सिंह नेगीसहित स्थानीयहरुले नगरपालिकासमक्ष लिखित पत्र बुझाउदै कार्यान्वयनको माग गरेका छन् । वडा अध्यक्ष सहित स्थानीयहरुले नगरपालिकालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको परिपत्र कार्यान्यवन गर्न माग गर्दै पत्र नै पेश गरेका छन् ।

गत कार्तिक ६गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नगरपालिकालाई पत्र पठाउदै हेल्थ सेक्टर सर्पोट प्रोग्राम (एनएचएसएसपी ) द्धारा गरिएको रिभ्यूको आधारमा कार्यान्वयन गर्न भनि पत्र पठाएको थियो । सोही पत्रलाई कार्यान्वयन गर्न वडा अध्यक्षसहितका स्थानीयहरुले आग्रह गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.