सुरेश महरा
पुस ५, २०७९
बैतडी – बैतडीमा जिल्ला समन्वय समितिले तिन पालिकाकोे अनुगमन कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको १० वटै पालिकामा अनुगमन गर्न लागेको हो । आइतबार देखी मंगलबार सम्म पञ्चेश्वर गाउँपालिकामा शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकामा समन्वय समितिका प्रमुख सहितका पदाधिकारी,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख एवम्ं प्रतिनिधिहरुले अनुगमन गरेका छन ।
जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्र सिंह धामी, उपप्रमुख दमन बहादुर कुवँर, जिल्ला समन्वय समिति सदस्य करन सिंह कठायत, शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थी, शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी पुष्करराज शर्मा लगायतको टोली अनुगमन गरीरहेको हो । पालिकाहरुमा भइरहेको कामकारवाही, सञ्चालनमा रहेको विकासका कामहरुको प्रगति लगायतको विषयमा बैतडीका १० वटै पालिकामा क्रमागत अनुगमन गरिने पनि समन्वय समितिले जनाएको छ।
शिक्षासँग सम्बन्धित कार्यक्रमका बारेमा अनुगमन गरीरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए । विद्यालय अनुगमन, बिद्यालय सञ्चालनमा हुने गरेका समस्याका बिषयमा अुनगमन गरिन लागीएको उनले बताए ।
यसैगरी पालिकामा भइरहेका विकास निर्माणका कामहरुको विवरण माग्ने काम भइरहेको पनि समन्वय समिति प्रमुख खगेन्द्र सिंह धामीले बताए ।अनुगमनको कार्यक्रम पौष १८ गते सम्म चल्ने उनले बताए ।