बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी कायमै 

पुस ८, २०७९
बैतडी-  बैतडीको मेलौली नगरपालिकामा ताला कायमै रहेको छ । वडा नं ७ का स्थानीयहरुले लगाएको ताला कायमै रहेको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले जानकारी दिए । बुधबार ताला खोलिएकै कारण वडा नं १ र ७ बासीबीच झडप भएको थियो ।
वडा नं ७ का स्थानीयहरुले केशरपुर स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरेर १५ शैयाको अस्पताल निर्माणको हुनुपर्ने माग रहेको छ । त्यसैगरी वडा नं १ का स्थानीयहरुले पनि वडा नं १ को बिठ्ठेनामा अस्पताल निर्माण गर्नुपर्ने माग रहेको छ ।
दुबै पक्षले राज्यपक्षबाट कागजी प्रक्रिया आ–अफ्नै क्षेत्रमा अस्पतालत निर्माणका लागि पुरा गरेको दाबी गर्दै आएका छन् ।
 

Leave A Reply

Your email address will not be published.