मेलौली अस्पताल विवाद: आ–आफ्नो क्षेत्रमा पार्न रातभर जाग्राम बसेर आन्दोलन, यातायात र मेलौली बजार बन्द 

पुस ९, २०७९

बैतडी– बैतडीको मेलौली नगरपालिकामा आधारभूत अस्पताल निर्माणका विषयमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ। नगरपालिको वडा नम्बर १ र ७ का नागरिकले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि तीनदिनदेखि आन्दोलन भइरहेको छ। 

वडा नम्बर ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग राख्दै मंगलबारदेखि नगरपालिकामा तालाबन्दी गरेका छन्। आन्दोलनकै कारण पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौलीमा यातायात बन्द गरिएको छ भने मेलौली बजार पनि बन्द छ। 

यस्तै वडा नं १ का बासिन्दाहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन्। उनीहरुले पनि नगरपालिका नजिकै प्रर्दशन गरेका छन्। 

अस्पताल निर्माणका विषयमा विवाद हुँदा बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए। मंगलबारबाटै आ–आफ्नो क्षेत्रमा प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। 

Leave A Reply

Your email address will not be published.