बैतडी- बैतडीसहित सुदूरपहाडमा आइतबार ‘नरहरी’पर्व बनाइदै छ । माघे संक्रान्तिको दिन यहाँ ‘नरहरी’पर्व मनाउने चलन रहेको छ । ‘पुसमा पाक्य र माघमा खाक्य’ भनिएजस्तै पुस समान्तको राती मिठो मसिनो पकाउने र पहिलो रोटी कागका लागि छुट्टै राख्ने चलन रहेको छ । पाप नष्ट हुने मान्यतकासाथ पुस मसान्तको रती पकाएको पहिलो रोटी माघ १ गते संक्रान्ति अर्थात ‘नरहरी’को बिहानै नुहाईधुवाई गरेर कागलाई दिने चलन रहेको छ । चामलको रोटी, तरुल, सखरखण्ड लगायतका परिकार पकाउने चलन समेत रहेको छ ।
सनातन धर्म अनुसार कागलाई शन्देश बहाकको रुपमा लिने गरिएकाले संक्रान्तिको दिन कागलाई रोटी खुवाउने चलन रहेको हो । ‘नरहरी’पर्वको दिन तरुल, सखरखण्ड खाने चलन छ । वर्षको एकदिन भएपनि बनजंगलमा पाइने माटोमुनीको फल खानुपर्ने मान्यताकासात कन्दमुलजन्य खानेकुरा तरुल, सखरखण्ड खाने गरेको सस्कृतीका जानकार हरीप्रशाद जोशीले बताए ।
धार्मिक मान्यता अनुसार ‘नर’ भनेको मानव र ‘हरी’ भनेको भगवान भन्ने बुझिन्छ । धार्मिक आध्यात्मीक कार्यको सुरुवात भएको दिनको रुपमा ‘नरहरी’ बनाउने गरिएको सस्कृतीका जानकारी आचार्य रघुनाथ जोशीले जानकारी दिए । ‘धार्मिक कार्यकर्नको लागि ढोका खल्यो, यस उत्तरायणका समयमा सबै धार्मिक कामहरु हुन्छन्,’ उनले भने ।
धार्मिक मान्यता अनुसार माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिलाई उत्तरायनको अवधि भन्ने गरिन्छ । उत्तरायणको अवधिमा मांगलिक कार्यहरु गर्न उपयुक्त हुने विश्वास रहेकाले पनि माघ १ गतेदेखि मांगलिक कार्यको सुभारम्भ भएको जनविश्वास रहेको छ । ब्रतबन्ध, बिवाह लगायतका मांगलिक कार्य प्रायजसो उत्तरायनको अवधिमा गर्ने गरिएको छ । माघ १ गतेदेखि असार मसान्तसम्मको अवधिमा उत्तरायणको अवधि हो भने साउन १ गतेदेखि पुस मसान्तसम्म दक्षिणायनको समय हो ।
यसैगरी माघ महिनालाई धार्मिक महिनाको रुपमा लिने गरिन्छ । माघ महिनादेखि धार्मीक तथा मांगलिक कार्य गर्ने सुभारम्भ भएकाले यस महिनालाई धर्मी महिनाको रुपमा लिने गरिएको सस्कृतीका जानकारहरुले बताएका छन् । माघ महिनामा मासुजन्य खानेकुरा खान नहुने प्रचलन समेत रहेको छ । माघे संक्रान्ति तथा ‘नरहरी’का दिनदेखि माघस्नान समेत सुरु हुन्छ । बैतडीको पाटन नगरपालिका–६ को रामेश्वर धाममा भोलीदेखि माघस्नान सुरु भएको छ । सुर्नया नदी किनारको उक्त सक्तिपिठमा माघ महिनाभरी स्नान गर्ने गरिएको छ ।