चीनमा कोरोनाबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाको ज्यान गयो

-चीनमा कोभिडबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९ सय ३८ जनाको कोभिड सङ्क्रमण तथा त्यससँग सम्बन्धित अरु कारणबाट ज्यान गएको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गतको चिकित्सा प्रशासन ब्युरोका प्रमुख जियाओ याहुईले पत्रकार सम्मेलनमार्फत् जानकारी दिनुभएको हो।

ज्यान गुमाउने यो तथ्याङ्क रेकर्ड गरिएको सङ्ख्या मात्र भएकाले अझ धेरै नागरिकले ज्यान गुमाएका हुनसक्ने अनुमान समेत गरिएको छ । जियाओका अनुसार रेकर्ड सङ्ख्यामध्ये ५ हजार ५ सय ३ जनाको कोभिड सङ्क्रमण तथा ५४ हजार ४ सय ३५ जनाको कोभिडसँग जोडिएका अन्य समस्याबाट ज्यान गएको हो ।

गएको डिसेम्बरमा शून्य कोभिड नीति हटाएपछि चीनमा सङ्क्रमण थप फैलिएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले ज्यान गुमाउनेहरु ६५ वर्षमाथि उमेर समूहका ९० प्रतिशतभन्दा धेरै रहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ । चीनमा ६० वर्षभन्दा माथिका लाखौँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

 

Leave A Reply

Your email address will not be published.