इन्डाे-नेपाल क्रिकेट: कैलपाल च्याम्पियन,आयाेजक स्तब्ध

बैतडी- बैतडीमा सम्पन्न प्रथम इन्डाे-नेपाल टि २० क्रिकेट प्रतियोगिताकाे उपाधि कैलपाल क्रिकेट क्लब,जर्गले हात पारेकाे छ । आज सम्पन्न फाइनल खेलमा आयाेजक पञ्चकाेटी क्रिकेट क्लब ए,खडेनीलाई ७ विकेटले स्तब्ध पार्दै कैलपालले उपाधि हात पारेकाे छ ।
९४ रनकाे सामान्य लक्ष्य कैलपालले १५.५ ओभरमा ३ विकेटकाे क्षतिमा पूरा गर्याे । जसमा तेज चन्दले अविजित ३१, प्रकाश पाण्डेले २१,प्रदिप चन्दले अविजित १४ रन बनाए । पञ्चकाेटीका भुपेन्द्र चन्द र जितेन्द्र रावलले १/१ विकेट हात पारे ।
त्यसअघि बुड्डाबाजे क्रिकेट मैदान,रातामाटामा टस हारेर पहिला ब्याटिङ गरेकाे आयाेजक पञ्चकाेटी क्रिकेट क्लब ए १६.१ आेभरमा ९३ रनमा समेटियाे । जसमा दिनेश बुडालले अविजित २६ र सुमित बुडालले १९ रन बनाउनुबाहेक अन्यले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । कैलपालका लागि प्रकाश चन्द,प्रदिप चन्द,आकाश चन्द र दिपक जाेशीले २/२ विकेट लिए।
उपाधिसंगै कैलपालले ४० हजार मेडल,ट्रफी र प्रमाणपत्र पायाे भने पञ्चकाेटीले २० हजार मेडल,ट्रफी र प्रमाणपत्रमा चित्त बुझायाे ।
म्यान अफ द फाइनल कैलपालका प्रदिप चन्द भए । यस्तै म्यान अफ द सिरिज आयाेजक पञ्चकाेटीका राम चन्द, बेस्ट बलर निङलाशैनी क्रिकेट क्लबका रिसिकेश बाेहरा,बेस्ट ब्याट्सम्यान निङलाशैनी क्रिकेट क्लबकै सुरेश भाट,बेस्ट किपर पञ्चकाेटीका दिपेश चन्द,बेस्ट फिल्डर पञ्चकाेटि बीका सुरज सिंह बुडाल,उदयीमान खेलाडी रातामाटा विद्यालयका गणेशसिंह बुडाल भए !
म्यान अफ द सिरिजलाई नगद ३ हजार,बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय,बेस्ट बलरलाई नगद एक हजार पाँच,बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रुपैंया नगद पुरस्कार दिइयाे ।
विजेता र उपविजेता टाेलीलाई दशरथचन्द नगरपालिकाका उपप्रमुख काैशिला चन्द,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनाेद बहादुर चन्दलगायतले पुरस्कार वितरण गरे।
पञ्चकाेटी युवा क्लब,खडेनीकाे आयाेजनामा पुस २७ गतेदखि शुरू भएकाे प्रतियाेगितामा नेपाल र भारतका गरि १५ टाेलीे सहभागी रहेका थिए।
सीमावर्ती क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास,खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको आयाेजक पञ्चकाेटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले बताए ।

Leave A Reply

Your email address will not be published.