दिपक राज दिर्घायु
माघ २० शुक्रबार,२०७९
बैतडी-मेलौलीमा आजबाट पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुदै छ। बिहान १० बजेबाट मेलौली भगवति मन्दिरको प्राङ्गणमा प्रतियोगिता सुरु हुने नगर खेलकुद विकास समितीका अध्यक्ष सागर भण्डारीले बताए।
नगरपालिका भित्रका माध्यमिक विद्यालयको सहभागिता रहने गरि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु हुन लागेको हो। बिहान १० बजे एक कार्यक्रमका बिच प्रतियोगिता सञ्चालन हुने जनाईएको छ।
प्रतियोगितामा सहभागि हुने खेलाडिको खाना, खाजा, पोसाक र सुरक्षाको जिम्मेवारि सम्बन्धित बिद्यालयले गर्नुपर्ने जनाईएको छ।
सहभागि बिद्यालयले आफ्ना खेलाडिहरुलाई उच्च अनुशासनमा राख्नु पर्ने, खेलाडिहरुले खेलको नियम उल्लङ्न गरेमा वा कुनै बिबाद उत्पन्न भएमा प्रतियोगिता सञ्चालनको लागि तोकिएका प्राबिधिकहरुको निणर्य नै निणार्यक हुने पनि जानकारी गराईएको छ।
प्रतियोगितमा छात्र छात्राको भलिबल, कबड्डी र एथ्लेटिक्स हुने जनाईएको छ। यसैगरि दौड (ट्रयाक) १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४१०० मिटर रिले र ४४०० मिटर रिले दौड हुने छ। प्रतियोगितमा हाईजम्फ, लङ्गजम्प, ज्याभलिङ्ग थ्रो ८०० ग्राम छात्र र ६०० ग्राम छात्रा, सर्टफुड १२ पाउण्ड छात्र ८ पाउण्ड छात्राको गरिने छ।
प्रत्येक बिद्यालयका टिम ईभेन्ट्सहरुमा एक एक टिम सहभागि हुन पाउने जनाईएको छ। एथ्लेटिक्स ईभेन्टका प्रत्येक खेलाडिहरुले बढिमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाक ईभेन्टमा भाग लिन पाउने छन।
प्रतियोगितामा पहिलो हुने बिद्यालयलाई ५० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र, दोस्रोलाई ३० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र, तेस्रो हुनेलाई २० हजार सहित शिल्ड, ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ।
ब्यक्तिगत तथा टिम गेमको हकमा प्रथम स्थान हासिल गर्नेलाई स्वर्ण, द्धित्तिय स्थान हासिल गर्नेलाई रजत र तृतिय स्थान हासिल गर्नेलाई कास्य पदक र प्रमाणपत्र प्रदान गरिने जनाईएको।
प्रथम, द्धित्तिय र तृतिय स्थानको निणर्य गर्दा स्वर्ण रजत र कास्य पदक सख्याको आधारमा स्थान निर्धारण गरिने समेत सुचना मार्फत जानकारी गराईएको छ।